प्रतिगमन गम्भीर अवस्थामा पुगेकाले नेपाल बाहेक सबै नेताहरुलाई पार्टीमा फर्किन ओलीको आग्रह — OSNepal

प्रतिगमन गम्भीर अवस्थामा पुगेकाले नेपाल बाहेक सबै नेताहरुलाई पार्टीमा फर्किन ओलीको आग्रह

LC (KTM) July 25, 2021 0

काठमाडौँ १० साउन । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहका नेताहरुलाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।

आज आइतबार अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिगमन गम्भीर अवस्थामा पुगेकाले नेपाल बाहेक सबै नेताहरुलाई पार्टीमा फर्किन आग्रह गरेका हुन् । सबै पसिनाले बनाएको पार्टी भएको बताएका ओलीले भने, ‘पार्टीलाई माया गर्ने एमालेका कार्यकर्तालाई भन्न चाहन्छु, यो एक दुई जनाले बनाएको पार्टी होइन, हामी सबैको पसिना मिसिएको छ’ ।

ओलीले आफ्नो भनिष्य किन सखाप पार्ने साथीहरु भन्दै पार्टीमा फर्किन आग्रह गरेका हुन् ।
उनले भनेका छन् ,’आफ्ना सांसदलाई प्रलोभन देखाएर मतदानबाहिर लगेको देखेका छौँ, उनीहरू विरोधीको पछि–पछि लागेर राष्ट्रपति कहाँ गएको देखेका छौँ,’ त्यस्ताको पछि लागेर आन्दोलन हुँदैन, आफ्नो भविष्य किन सखाप पार्ने, साथीहरू फर्किनुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर