काठमाडौ १० साउन ।हाँस्य बिद्यामा आफ्नो पृथक पहिचान बनाउन सफल हाँस्य कलाकार शेखर खनाल प्रसारणमा आउँने अन्तिम तयारीमा रहेको ‘शिखर टेलिभिजन’को अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनुभएको छ । खनाललाई टेलिभिजनको बोर्ड बैठकले अध्यक्षमा चयन गरेको हो ।
बिगत लामो समय देखि खनाल नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बिहान ९ बजे प्रसारण हुँदैं आइरहेको पुर्वाधार विकाससँग सम्बन्धी एक मात्र टेलिभिजन कार्यक्रम ‘विकास र वहस’का प्रस्तोता हुनुको साथै निर्माता एवं निर्देशक समेत रहदै आउनु भएको छ ।
उहाँले बिगत देखिनै रंगमञ्च र चलचित्र निर्देशक एवं हाँस्यव्यङग्यको क्षेत्रमा आफ्नो भूमिका निभाउदै आइरहनु भएको छ । अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै उहाँले भन्नु भोः ‘नयाँ ढंग र सोचका साथ टेलिभिजन मार्फत पत्रकारितामा छिर्न लागेको हुँ यसमा सबैको साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।’
उहाँ एक समय निकै चर्चामा आएको हाँस्य टेलिश्रृंखला ‘झ्यांईंकुटी’मा भुइकटरको उपनामबाट निकै चर्चामा रहनु भएको थियो ।