मुटु रोग कोलेस्टेरोल हृदयघात र ग्यास्ट्रिक लाग्न नदिन यस्ता छन् बिरेनुन खानुका फाइदा — OSNepal

मुटु रोग कोलेस्टेरोल हृदयघात र ग्यास्ट्रिक लाग्न नदिन यस्ता छन् बिरेनुन खानुका फाइदा

LC (KTM) July 25, 2021 0

काठमाडौं । बिरेनुन नुनिलो स्वादका लागि मात्रै होइन औषधिका लागि पनि प्रयोग गर्न सकिन्छ । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर तयार पारिने बिरेनुनले विभिन्न स्वास्थ्य समस्यालाई नियन्त्रण गर्नेसमेत काम गर्छ । बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफ, उच्च रक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ । पेटमा भएका विषाक्त तत्वलाई पनि बाहिर निकाल्न सहयोग गर्ने बिरेनुनले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बचाउँछ ।

सल्फर, आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुने भएकाले बिरेनुनले मोटोपना, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्न बिरेनुनले मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर