बार्सिलोनाका फरवार्ड डिपाएको चर्चा, डेब्यु खेलमा नै गरे आर्कषक गोल — OSNepal

बार्सिलोनाका फरवार्ड डिपाएको चर्चा, डेब्यु खेलमा नै गरे आर्कषक गोल

LC (KTM) July 25, 2021 0

एजेन्सी । बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाए यतिबेला चर्चामा छन् । आफ्नो डेब्यू खेलमा नै आर्कषक गोल गरेपछि डच फरवार्ड मेम्फिस डिपाएले चर्चा पाएका हुन् । डिपाएले प्रिसिजनको मैत्रीपुर्ण खेलमा गोल गरेका हुन् । गएराती सम्पन्न मैत्रीपुर्ण खेलमा जिरोनाविरुद्ध डिपाएले आर्कषक गोल गरेका हुन् ।

बार्सिलोनालाई सहज जित दिलाउनको लागि डिपाएसँगै जेरार्ड पिके र रे मानाज गोल गरे । सम्रगमा बार्सिलोनाले जिरोनालाई ३–१ गोल अन्तरले पराजित गर्न सफल भएको थियो । खेलको २१औ मिनेटमा जेरार्ड पिकेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अघि बढाए ।

२४औं मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा सामु सेइजले पेनाल्टीमार्फत गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । ८५औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई ३–१ को सहज जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर