अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप नेपालमा पठाएपछि भयो धेरै सजिलो, अब सजिलै खोप लगाउन पाइने — OSNepal

अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप नेपालमा पठाएपछि भयो धेरै सजिलो, अब सजिलै खोप लगाउन पाइने

LC (KTM) July 25, 2021 0

काठमाडौँ । रामेछामको लिखु तामाकोसी गाउँपालिका–४ का रामहरि दाहाल यतिखेर कतार जानका लागि तयारी अवस्थामा हुनुहुन्छ । यसअघि उहाँ तीन वर्ष कतार बसेर आउनुभएको हो ।

कोरोना भाइरसका कारण सिर्जना भएको दोस्रो बन्दाबन्दी (निषेधाज्ञा)अघि उहाँ काठमाडौ आउनुभएको थियो । निषेधाज्ञापछि उहाँ कतार जान पाउनुभएको छैन । दुई महिनाका लागि बिदामा आउनुभएका दाहाल अहिलेसम्म नेपालमै हुनुहुन्छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

कतारमा काम गरिरहेको संस्थाले कोरोनाविरुद्धको खोप लगाएर मात्र आउन भनेपछि उहाँ अहिलेसम्मै नेपालमै रहने अवस्था सिर्जना भएको हो । अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप नेपालमा पठाएपछि सरकारले विदेश जाने कामदारका लागि भिसा भएकालाई पनि खोप लगायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर