केपी ओली नराम्रोसँग इतिहासमा एकचोटि पछारिएका छन् : प्रचण्ड — OSNepal

केपी ओली नराम्रोसँग इतिहासमा एकचोटि पछारिएका छन् : प्रचण्ड

LC (KTM) July 24, 2021 0

काठमाडौँ ९ साउन । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विक्षिप्त भएको बताएका छन् ।

इतिहासमा नराम्रोसँग पछारिएका टिप्पणी गरेका प्रचण्डले कहिले बालकोटको बार्दलीबाट बरबराउँछन्, कहिले कहाँ गएर बरबराउँछन् भन्दै ओलीको आलोचना गरेका हुन् । नेता प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममायस्तो आलोचना गरेका हुन् ।

ओली अब यो बरबराहट धेरै दिन नरहने भन्दै प्रचण्डले ओलीलाई आफ्नै समर्थकहरुले चिन्दै आएको टिप्पणी समेत गरेका छन् । कार्यक्रममा प्रचण्डले भनेका छन्,’केपी ओली नराम्रोसँग इतिहासमा एकचोटि पछारिएका छन् । विक्षिप्त छन्, अहिले बरबराउँछन् । कहिले बालकोटको बार्दलीबाट बरबराउँछन्, कहिले कहाँ गएर बरबराउँछन्’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर