कानूनलाई मिचेर अघि बढ्न खोजिन्छ भने जनताको जनमतलाई लत्याउन खोजिन्छ भने त्यसको जवाफ युथ फोर्सले दिनुपर्छ — OSNepal

कानूनलाई मिचेर अघि बढ्न खोजिन्छ भने जनताको जनमतलाई लत्याउन खोजिन्छ भने त्यसको जवाफ युथ फोर्सले दिनुपर्छ

LC (KTM) July 24, 2021 0

काठमाडौं ९ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पुन अस्त्विमा आएको यसथ फोर्सलाई जनताले नरुचाउने कुनै पनि काम नगर्न सुझाव दिएका छन् ।

आज शनिबार एमालेको भातृ संगठन युवा संघले आयोजना गरेको युथ फोर्स भ्याली कमाण्ड घोषणा कार्यक्रम सहभागी भएका पोखरेलले कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य दिँदै यस्तो सुझाव दिएका हुन् ।

अध्यक्ष केपी ओलीको ठाउँमा कार्यक्रमा सहभागी भएका पोखरेलले भने, ‘शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिलाई निषेध गर्न खोज्छ भने त्यसलाई युथ फोर्सले प्रतिवाद गर्नुपर्छ’ । युथ फोर्सले जनताले नरुचाएको काम नगर्ने, उत्पादनका कुरासँग जोडिने, रोजगारी र स्वरोजगारीको पक्षमा अभियान चलाउने काम गर्नुपर्ने उनको तर्करहेको छ ।

कानुन मिचेर अघि कोहि बढ्छ भने त्यसलाई युथ फोर्सले जवाफ दिनुपर्न पोखरेलले बताएका छन् । ‘हामी संविधानको सर्वोच्चतालाई मान्छौं । कानूनी शासनलाई मान्छौं । कानूनलाई मिचेर अघि बढ्न खोजिन्छ भने जनताको जनमतलाई लत्याउन खोजिन्छ भने त्यसको जवाफ युथ फोर्सले दिनुपर्छ ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर