ओली निकट युवाहरुको संगठन युथ फोर्सको काठमाडौंमा शक्ति प्रदर्शन — OSNepal

ओली निकट युवाहरुको संगठन युथ फोर्सको काठमाडौंमा शक्ति प्रदर्शन

LC (KTM) July 24, 2021 0

काठमाडौं ९ साउन । नेकपा (एमाले)मा अध्यक्ष केपी ओली निकट युवाहरुको संगठन युथ फोर्सले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।र्यालीसहित वृहत मार्चपास गरेको एमाले नेता महेश बस्नेतले जानकारी दिए ।

युवा संघ तथा युथफोर्स जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको मोटरसाइकल —यालीमा हजारौंको सहभागीता रहेको छ । ओली निकट युथफोर्स सुरु गरेको र्याली माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य हुने बताइएको छ ।

कार्की व्याङ्क्वेट पुगी समापन गर्ने र्यालीलाई युथफोर्सले भ्याली कमाण्डसमेत घोषणा गर्ने उक्त घोषणाको सपथ कार्यक्रम अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा हुने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर