पोर्नाेग्राफी केसमा बिजनेसम्यान राज कुन्द्राको नाम जोडिएर आईसकेको छ । उनलाई पुलिसले अश्लील फिल्म बनाउने तथा ओटीटी प्लाटफर्ममा अपलोड गर्ने मामलामा गिरफ्तार गरेको छ । यस मामलामा अभिनेत्री गहना बशिष्ठको नाम पनि जोडिएको छ ।
अब अहिले आएर अभिनेत्री गहनाको दाबीले बलिउड जगत नै तरंगित भएको छ । उनका अनुसार राज कुन्द्राले एक फिल्ममा आफ्नी साली शमितालाई कास्ट गर्ने तयारी गरिरहेका थिए । गहना पछिल्लो केही महिना जेलमा थिईन् ।
अहिले उनी अदालतको बेलमा रहेकी छिन् । एक अन्र्तबार्ताका क्रममा गहनाले भनेकी थिईन्– मेरो गिरफ्तारी भएको केही दिन अघि राजको अफिसमा गएको थिए । त्यहाँ मलाई थाहा भयो कि बालीफेम नामको एक एप लन्च गर्नको लागि योजना चलिरहेको थियो ।
त्यो रियालिटी शो , च्याट शो, म्युजिक भिडियो तथा नन् बोल्ड फिल्मलाई एप मार्फत देखाउने योजना चलिरहेको थियो । हामीले केही स्क्रीप्टमा चर्चा ग¥यौ र एक स्क्रीप्टमा शमिता शेट्टीलाई कास्ट गर्ने प्लानिङ चलिरहेको थियो । यसका लागि शमिता शेट्टी पनि तयार भएकी थिईन् ।