बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु,सात जना घाइते — OSNepal

बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु,सात जना घाइते

LC (KTM) November 02, 2023 0

नयाँदिल्ली, १६ कात्तिक भारतको पूर्वी राज्य बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु हुनुका साथै सात जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुङ्गा पल्टिएको थियो । अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए ।

“बिहीबार साँझ सरयु नदीमा १९ जना सवार डुङ्गा पल्टियो, दुई जनाको शव निकालेका छौँ र हराइरहेका सात जनाको खोजी भइरहेको छ”, सारणका जिल्ला अधिकारी अमन समिरले भन्नुभयो, “पौडी खेलर बचेका १० जना सुरक्षित छन् ।”

डुङ्गा पल्टिएपछि अधिकारीहरूले खोजी तथा उद्धार अभियान टोलीलाई घटनास्थलमा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर