काडमाडौं ८ साउन । प्रधानमन्त्री शेरकबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री नियुक्त भएको एक सातापछि देउवाले शीतलनिवास पुगी भण्डारीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री भएको एक दुई दिनमा नै राष्ट्रपति र प्रधानमन्त्री भेटहुने प्रचलन भएपनि देउवाले यो प्रचलनलाई तोडेर एक सातापछि भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबिच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।