प्रदेश १ मा ह्वात्तै बढ्यो कोरोना , झापा , मोरंग र सुनसरीमा सुरु भइसक्यो तेस्रो लहर , आज एकै दिन ८ जनाले ज्यान गुमाए — OSNepal

प्रदेश १ मा ह्वात्तै बढ्यो कोरोना , झापा , मोरंग र सुनसरीमा सुरु भइसक्यो तेस्रो लहर , आज एकै दिन ८ जनाले ज्यान गुमाए

LC (KTM) July 23, 2021 0

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट ३६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८७, मोरङमा १४७, सुनसरीमा १०३, धनकुटामा १९, इलाममा ९, उदयपुरमा ४, संखुवासभामा २ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ३८, विर्तामोडमा ३७, भद्रपुरमा २३, कनकाईमा १८, मेचीनगरमा १६, शिवसताक्षीमा १५, अर्जुनधारामा १४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ४, हल्दिबारी र गौरादहमा ३–३, कचनकवल र बा¥हदशीमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६२, बेलबारीमा ४६, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, बुढीगंगामा ६, कटहरीमा ४, कानेपोखरीमा ३, पथरीशनिश्चरे र केराबारीमा २–२, रंगेली, सुनबर्षी, ग्रामथान र धनपालथानमा १–१ जनामा देखिएको छ ।

सुनसरीको धरानमा ७३, इटहरीमा १७, बराहक्षेत्रमा ५, रामधुनीमा २, गढी, देवानगञ्ज र बर्जुमा १ र स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रीवासमा ४, छथरमा ३, चौवीसेमा २, शहिदभूमीमा १ जनामा संक्रमण देखिएको छ ।

इलामको इलाम नगरपालिकामा ३, सुर्योदय र माईमा २–२, रोङ र चुलाचुलीमा १–१, उदयपुरको चौदण्डीगढी र बेलकामा २–२, संखुवासभाको धर्मदेवी र पाचखपनमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर