काठमाडौँ ८ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् ।
निवार्चन आयोगले पार्टीको आधिकारिकता टुंग्याउन कार्यकारिणी समितिका सदस्यहरुलाई आयोग बोलाएपछि आयोगको निणर्य विरुद्ध रिट दायर गर्न ठाकुर अदालत पुगेका हुन् । आयोगको आदेश बदर हुनुपर्ने माग राख्दै उनले सर्वोच्चमा रिट दायर गरेका छन् ।
नयाँ कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिका सदस्यहरूलाई हस्ताक्षर सनाखतका लागि आयोग बोलाएको निणर्य प्रति अशन्तुष्ट ठाकुर सर्वोच्च पुगेका हुन् ।