काठमाडौँ, ४ कात्तिक : मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ ।
खेलको २५ ओभर सुरु हँुदा वर्षाका कारण खेल राकिएको हो । नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन् । उनले ७० बलमा १० चौका र दुई छक्काको मद्दतमा ७९ रन बनाएका हुन् ।
त्यस्तै दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । अर्जुन कुमाल १० रनमा आउट भए । हाल क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल छन् । आकाशले ३५ रन बनाएका छन् भने देवले आठ रन जोडेका छन् ।
यस खेलको विजेता यही कात्तिक ७ गते हुने फाइनल खेलका लागि छनोट हुनेछ । प्रतियोगिताको शीर्ष तीन टोलीले पाकिस्तानमा हुने यु–१९ एसिया कप खेल्नेछन् ।