सत्तागठवन्धन कार्यदलको बैठक बालुवाटारमा जारी — OSNepal

सत्तागठवन्धन कार्यदलको बैठक बालुवाटारमा जारी

LC (KTM) July 23, 2021 0

काठमाडौं ८ साउन । गठवन्धनको सरकार नेपाली कांग्रेसले सरकार सञ्चालनमा सहजीकरणका लागि नेताहरुको कार्यदलस्तरको वैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु गरेको छ ।

बैठकमा काग्रेस, माओवादी केन्द्र, जसपाका नेताहरुहरुको सहभागीता रहेको छ । काग्रेस महामन्त्री पूर्णवहादुर खड्काको नेतृत्वमा गठित कार्यदल खडका सहित मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन तथा जसपाको उपेन्द्र वावुराम पक्षबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव रहेका छन् ।

सत्ता गठवन्धन दलहरुले साझा कार्यक्रम, नीति, लगायतका विषय टुग्गो लगाई शीर्ष नेतालाई सुझाव दिन कार्यदल गठन गरेको हो । आज सुरु भएको बैठक कार्यदलको पहिलो बैठक हो । गठवन्धित कार्यदलले सरकार सञ्चालनको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई राय सुझाव दिने कार्यादेश तोकिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर