सार्वभौम जनता, मतदाता, शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिए :रावल — OSNepal

सार्वभौम जनता, मतदाता, शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिए :रावल

LC (KTM) July 23, 2021 0

काठमाडौं ८ साउन । नेकपा एमालेका नेता भीम रावलले सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुद्धिजिवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको बताएका छन् ।

आफुले स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताका लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएको बताएका रावलले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएक हुन् । राववले गत साउन ३ गते सांसद पदबाट राजीनामा दिएका थिए ।

‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताका लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएको थिएँ’। राववले भनेका छन्, ‘सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुद्धिजिवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको छु’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर