नेम्वाङले यसो भनेपछि सिंहले प्रश्न गर्दै भने, आफूलाई संविधानविद् र कानुनविद् भन्ने तपाई संविधानको धारा ७६(५) लेख्दा कहाँ हुनुहुन्थ्यो? — OSNepal

नेम्वाङले यसो भनेपछि सिंहले प्रश्न गर्दै भने, आफूलाई संविधानविद् र कानुनविद् भन्ने तपाई संविधानको धारा ७६(५) लेख्दा कहाँ हुनुहुन्थ्यो?

LC (KTM) July 23, 2021 0

काठमाडौँ ८ साउन । संसद पुर्नस्थापना पछि दोस्रो पटक बसेको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिने क्रममा सुवास नेम्वाङले उठाएका प्रशंगमा कांग्रेस नेता प्रकाशमान सिंहले प्रश्न गरेका छन् ।

आफूलाई संविधानविद् र कानुनविद् भन्ने तपाईले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री चयन हुँदा परामादेशबाट भन्न मिल्छ भन्दै सिंहले प्रश्न गरेका छन् । आफुलाई संविधानविद् भन्नेले संविधानको धारा ७६(५) लेख्दा तपाई कहाँ हुनुहुन्थ्यो ?

देउवालाई शुभकमना दिने क्रममा नेम्वाङले परमादेशबाट कांग्रेस सरकार आएको भन्दै टिप्पणी गरेपछि अशन्तुष्ट भएका सिंहले भने,’संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री चयन हुँदा परामादेशबाट भन्नुहुन्छ ।’ संविधानसभाको अध्यक्ष समेत भएर काम गरेको मान्छेबाटै संविधानका विषयमा अनविज्ञता प्रकट हुनु आश्चार्य हो । जनप्रतिनिधिले दिएको जनमत पनि जनादेश भएकाले यो सरकार परमादेशबाट भएको भन्न नमिल्ने नेता सिंहको तर्क रहेको छ ।

सिंहले प्रश्न गर्दै जिम्मेवार व्यक्तिबाट नै भुमिका निवाह नभएको बताएँदै भने , ‘संविधानसभाको अध्यक्ष पनि हुनुहुन्थ्यो, अव संसद मर्दैन पनि उहाँ नै भन्नुहुन्थ्यो, संविधानको धारा ७६(५) लेख्दा उहाँ कहाँ हुनुहुन्थ्यो ? आफूलाई संविधानविद्, कानुनविद भनेर संविधानमा नभएका कुरा गर्दै हिड्न पाइन्छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर