देउवा सरकार यस कारण भयो 'लक्की' : नेता सिंह — OSNepal

देउवा सरकार यस कारण भयो ‘लक्की’ : नेता सिंह

LC (KTM) July 23, 2021 0

काठमाडौँ ८ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री शेर बहादुर देउवा ‘लक्की’ भएको बताएका छन् ।

आज शुक्रबार संसद बैठकमा बोल्दै नेता सिंहले अब देउवा सरकारले केहि गर्न नपर्ने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् । केपी ओली सरकारले जहाज चलाइदिनु भयो, चुच्चे रेलले छिमेकी देशसँग सम्बन्ध जोडिदिनु भयो, चिल्लो बाटो बनाइदिनु भयो,अबको देउवाको सरकारले कोरोना भाइरस नियन्त्रण गरे पुग्ने बताएका छन् ।

प्रधानमन्त्री बनेका देउवालाई शुभकामना दिँदै नेता सिंहले (कोभिड–१९) विरुद्ध खोप सबै नागरिकलाई सरकारले व्यवस्था गर्नु पर्ने माग समेत राखेका छन् । कोरोनाले गर्दा
उद्योग तथा पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेकाले पनि सरकारले यस विषयमा पनि विशेष ध्यान दिनु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर