पोखरा ८ साउन । नेपाल कांग्रेसको तर्फबाट मन्त्री बन्ने पक्का भइरहसकेका नेता डोबाटे विश्वकर्मा अन्तिम समयमा आएर मन्त्री बनन्ने भएका छन् ।
प्रदेश सरकारका नेतृत्व गरेको डेढ महिनामा पछि मन्त्रिमण्डल विस्तार गर्न लागेको गण्डकी प्रदेशले सत्ता पक्षबाट थप तिन मन्त्री थप्ने निणर्य गरेको थियो । आजै तिनै मन्त्रीलाई सपथ खुवाउने तयारीमा समेत रहेको थियो ।
पौडेल समूहबाट मन्त्रीका दाबेदार मानिएका विश्वकर्माको स्थानमा अब कास्कीका विन्दुकुमार थापा मन्त्री बन्ने भएका छन् । अहिले एक बजे लिने सपथको कार्यक्रममा केहि अघि मात्र उनको ठाउँमा कास्कीका थापा मन्त्री बन्ने भएको जानकारी दिइएको हो ।