भीम रावलले लिए राजीनामा फिर्ता — OSNepal

भीम रावलले लिए राजीनामा फिर्ता

LC (KTM) July 23, 2021 0

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समुहका प्रभावशाली नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई शुक्रबार नेता रावलले आवेसमा आएर आँफुले त्यस्तो निर्णय गरेको भन्दै राजीनामा फिर्ता लिएको स्रोतले जनाएको छ । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिँदा नेता रावलले सभामुखसँग सरी भन्ने शब्दको प्रयोग गरेका थिए ।

नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेसँगै एमालेका बरिष्ठ नेता तथा कार्यकर्ताहरुले उनलाई राजीनामा फिर्ता लिन पटक पटक आग्रह गरेका थिए ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर