गोरखा, २५ असोज- गोरखाको गण्डकी गाउँपालिकामा आजदेखि प्रथम अध्यक्षकप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ ।
वडा नं ५ स्थित दर्बुङमा आयोजना गरिएको प्रतियोगितामा पालिकाभित्र रहेका विभिन्न माध्यामिक विद्यालयका छात्र तथा छात्राको फुटबल टोलीको सहभागिता छ । प्रतियोगितामा उपाधि विजेता टोलीलाई रु ३०, दोस्रो हुने टोलीलाई रु १५ तेस्रो हुने टोलीलाई रु सात हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने बताइएकोे छ ।
उक्त प्रतियोगिता शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले पालिकाभित्र खेलकुद क्षेत्रको विकास गर्दै खेलाडी उत्पादनमा सहयोग पु¥याउने उदेश्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
उहाँले यस्ता प्रतियोगिताले स्वास्थ्यका साथै युवाको व्यक्तित्व विकासमा पनि सहयोग पु¥याउने र उनीहरुमा आत्माविश्वास पनि बढाउन मद्दत पुग्ने भएकाले गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।