चितवन- चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृ त्यु प्रकरणमा उनका आफन्तले प्रहरीमा आ त्मह त्या दुरुत्साहनको मुद्दा दिएका छन्। सुजिताकी आमा अम्बिका भण्डारीले आफन्त युवकविरुद्ध आ त्मह त्या दुरुत्साहन मुद्दा दर्ता गराएको बताइएको छ ।
प्रहरीले ती युवकको नाम सार्वजनिक गरेको छैन। सुजिताकी आमाले यसअघि छोरीको ह त्या भएको भन्दै कसैको नाम नतोकी जाहेरी दिएकी थिइन्।
सुजिताको शवको परीक्षण काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा गरिएको छ। पोष्ट मार्टम रिपोर्टले सुजिताको ह त्या नभएको देखाएको प्रहरीले जनाए पछि आमाले आफन्त युवक विरुद्ध आ त्मह त्या दुरुत्साहन मुद्दा दर्ता गराएकी हुन् ।
सुजिता भण्डारी गएको असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर आफ्नो घरबाट निस्केकी थिइन्। ९ दिनपछि २० असारमा उनको श व स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा फेला परेको थियो।