सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ।
मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ।
अहिले मेलम्ची नदीको बहावमा कमी नआएको र आयोजनाको हेडवक्र्स अम्बाथानसम्म जाने पहुँचमार्ग समेत नहुँदा यो आयोजनाको भविष्य नै अन्योलमा धकेलिएको छ।यो समाचार आजको नागरिक दैनिकमा छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएकाले पहुँचमार्ग निर्माण नगरेसम्म हेडवक्र्स पुग्नै नसकिने बताउँछन्।
‘बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग क्षतविक्षत बनाएको छ,’ उनले भने, ‘अहिले हेलिकप्टर चढेर वा आठ किलोमिटर हिँडेर मात्रै आयोजनामा पुग्न सक्ने अवस्था छ । मेलम्ची आयोजनाको हेडवक्र्स क्षेत्रको काम गर्नको लागि सुरुआती चरणमा आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल तयार पार्नुपर्ने अवस्था छ।’