काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको कार्यविधि मिचेर थप सुरक्षाकर्मी लिएका छन् । मन्त्रिपरिषद्ले मंसिर ७ मा जारी गरेको विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि २०७७ विपरित उनले थप सुरक्षा कर्मी लिएको बताइएको छ ।
प्रधानमन्त्रीबाट हटेलगतै बहालमा रहेका बखत अंगरक्षक रहेका प्रहरी निरिक्षक माधव केसीलाई पनि ओलीले सँगै लगेका छन् । पूर्वप्रधानमन्त्री दाहालले प्रहरी नायब उपरीक्षक र ओलीले निरिक्षकबाहेक अरु पूर्वपदाधिकारीको सुरक्षामा प्रहरी नायब निरिक्षक (सइ) भन्दा तल्लो दर्जाका सुरक्षाकर्मी लिएका छन् ।
शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगतै पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा पूर्वपदाधिकारीहरुको सुरक्षामा प्रहरी तैनाथी बढाएको छ ।