रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ बराहाटाकुरादेखि सल्ले जोड्ने झोलुङगे पुल । यो पुल बनेपछि वडा नम्बर १ र ३ का स्थानीय बासिन्दालाई खलङ्गादेखि सल्ले वारपार गर्न सहज भएको छ । यो पुल जिल्लाकै लामो पुल समेत हो । यसको लम्बाई २३७ मिटर रहेको छ ।
यो पनि : धार्मिक स्थलको भ्रमणलाई निरन्तरता दिदै ‘प्रचण्ड:कठमाडौं । जेठमा दक्षिणी छिमेक भारत भ्रमणमा रहँदा गेरु वस्त्रसहित ‘प्रचण्ड धार्मिक अवतार’मा झुल्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल उत्तरी छिमेक चीन पुग्दा पनि धार्मिक स्थलको भ्रमणलाई निरन्तरता दिएका छन्।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बिहीबार तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवरको दर्शन भ्रमण गरेका हुन्। कैलाश पर्वत र मानसरोवरलाई हिन्दु धर्मावलम्बीहरूले ठुलो धाम मान्छन्।
विशेषगरी कैलाश पर्वतलाई भगवान् शिवको बासस्थान ठानेर हिन्दु धर्मावलम्बीहरू जीवनमा एकपटक पुग्न चाहन्छन्। प्रधानमन्त्री दाहाल विदेश भ्रमणमा रहँदा यसरी धार्मिक स्थलको भ्रमण, पूजाअर्चना र दर्शन गर्दा नेपालमा भने चर्को आलोचना हुने गर्छ।
भट्टराईले दाहालका धार्मिक गतिविधिका तस्बिर राखेर ‘नयाँ सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’ भनेर व्यंग्य गरेका थिए।