काठमाडौँ, ७ साउन – छिमेकी मुलुक चीनबाट आज कोरोना विरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ । चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उहाँले बताउनुभयो ।
उहाँले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिनुभयो । यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । (रासस)