काठमाडौं उपत्यकामा बढ्न थाले कोरोना संक्रमित, एकैदिन देखापरे यति धेरैै संक्रमित — OSNepal

काठमाडौं उपत्यकामा बढ्न थाले कोरोना संक्रमित, एकैदिन देखापरे यति धेरैै संक्रमित

LC (KTM) July 22, 2021 0

काठमाडौँ– केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा मात्रै ७५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार विहीबार काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जना कोरोना संक्रमित थपिएका हुन् ।यसअघि हिजो बुधबार काठमाडौँ उपत्यकामा मात्रै ६९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना कोरोना संक्रमित थपिएका थिए । त्यस्तै आज देशभर नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ९ हजार १२२ पीसीआर र ३ हजार ७०७ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ८५५ र ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । त्यस्तै सोही अबधीमा १ हजार २८८ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । जसमध्ये ६ लाख ३७ हजार ६९० जना निको भएका छन् । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ ।हालसम्म कोरोनाको कारण ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर