संझौता रद्ध गरेपछि राज कुन्द्राले पुनम पाण्डे लाई कपडा उतारिदिन्छु भन्दै धम्की दिएको खुलासा, पुनमको पर्सनल नम्बर यसरी गरेका थिए लीक — OSNepal

संझौता रद्ध गरेपछि राज कुन्द्राले पुनम पाण्डे लाई कपडा उतारिदिन्छु भन्दै धम्की दिएको खुलासा, पुनमको पर्सनल नम्बर यसरी गरेका थिए लीक

LC (KTM) July 22, 2021 0

शिल्पा शेट्टीको पति तथा बिजनेसम्यान राज कुन्द्रा बिबादको घेरामा तानिएका छन् । सोमबार राती राज कुन्द्रालाई पोर्न फिल्म बनाएको आरोपमा मुम्बई पुलिसले गिरफ्तार गरेको थियो । पुलिसका अनुसार राजले मोबाईल एप्सको सहयोगमा यस्ता फिल्म प्रशारण गर्ने गरेका थिए । राज कुन्द्रालाई गिरफ्तार गरेपछि २३ जुलाई सम्म न्यायिक हिरासतमा राखिएको छ ।

राजलाई यस्तो आरोप पहिलो पटक लागेको भने हैन । २०१९ मा पुनम पाण्डेले राज कुन्द्रा बिरुद्ध फ्रड मामलामा केस दर्ता गरेकी थिईन् । अहिले उनले राज कुन्द्राको बिषयमा ठुलो खुलासा गरेकी छिन् । पुनमले पाण्डेलाई राजको पोर्न मामलामा सिधा कनेक्सन रहेको मानिन्छ । ई टाइम्स संगको कुराकानीको क्रममा २०१९ मा राज कुन्द्राले आफुलाई धम्कि दिएको पुनमले बताएकी छिन् ।

२०१९ मा राज र पुनम बीच संझौतालाई लिएर बिबाद उत्पन्न भएको थियो । त्यसपछि संझौता रद्ध भएको थियो । हालै राज तथा उनको साथीले पुनमलाई धम्की दिएर नयाँ संझौता गर्न दबाब दिएको नत्र उसको ब्यक्तिगत कुरा लिक गर्दिने धम्की दिएको बताएकी छिन् । पुनमले यो बताएकी छिन् कि उनको फोन नम्बर लराजले लीक गरिदिएका थिए । उनले आफ्नो इन्टरनेटमा नम्बर लीक गरिदिएको र धम्कीपुर्ण म्यासेज गरेको बताएकी छिन् पुनमले ।

म्यासेजमा लेखेका थिए– मलाई अहिले कल गर, म तेरो कपडा उतारिदिन्छु । उनलाई त्यतिबेला बिश्वभर बाट कल आईरहेको र साथमा धम्की पुर्ण म्यासेज समेत आईरहेको बताएकी थिईन् । राजले आफ्नो नम्बर लिक गरिदिए पछि आफुले घर नै छोडेर भगौडा बनेर लुकेर बसेको बताएकी छिन् । अहिले शिल्पा र उनको छोरा छोरीलाई कस्तो बितिरहेको छ आफुले बुझ्न सक्ने बताउँदै उनको यो कुरा आफ्नो वकीलले नभन भन्दा भन्दै न्यायका लागि यो आवाज उठाएको पुनमको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर