कोरोना महामारीको बेला कुनै पनि बहानामा ‘अस्पतालले सङ्क्रमितको उपचार गर्न सक्दिन भन्न पाइँदैन’ — OSNepal

कोरोना महामारीको बेला कुनै पनि बहानामा ‘अस्पतालले सङ्क्रमितको उपचार गर्न सक्दिन भन्न पाइँदैन’

LC (KTM) May 15, 2021 0

सिद्धार्थनगर, १ जेठ- लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठले कोरोना महामारीको बेला कुनै पनि बहानामा कसैले हात उठाउन नमिल्ने बताउनुभएको छ । कोरोना सङ्क्रमितका बिरामीले भरिभराउ रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज ९युसिएमएस० र भीम अस्पताल भैरहवाको आज अलग अलग स्थलगत निरीक्षण गर्दै उहाँले भन्नुभयो, “हामी महामारीको युद्धसँग जुधिरहेको छ । यस्तो बेला अस्पतालले सङ्क्रमितको उपचार गर्न सक्दिन भन्न पाईदैन ।”

छलफलका क्रममा उहाँले युसिएमएसका प्रमुख प्रशासकीय अधिकृत कमल ढकाल सहितको टिमलाई अस्पतालमा रहेको अक्सिजन प्लान्ट तत्काल सञ्चालन गर्न निर्देशन दिनुभयो । प्रशासीय अधिकृत ढकालले भन्नुभयो, “अहिले ९० श्यया एचडियू र १० श्यया आइसियू सञ्चालनमा रहेको भए पनि केही दिनदेखि अक्सिजनको अभाबले श्यया सङ्ख्या पनि कटौति गर्नुपरेको छ । अक्सिजन प्रयाप्त पाउने हो भने २०० श्यया कोभिडको लागि अस्पताल पूर्ण रुपमा चलाउन सक्छौं । ”

मन्त्री श्रेष्ठले जिल्लाको सरकारी अस्पतालको रुपमा रहेको भीम अस्पतालको व्यवस्थापकीय टीमसँग पनि छलफल गर्नुभएको थियो । छलफलमा अस्पतालका मेसु डा सकुन्तला गुप्ताले अस्पतालमा जनशक्तिको अभाव रहेकाले महामारीसँग जुध्न समस्या परिरहेको जानकारी दिनुभयो । रुपन्देहीमा तीन अक्सिजन उद्योग सञ्चालनमा रहेका छन् । जिल्लाको पडसरीमा लुम्बिनी अक्सिजन उद्योगमा दैनिक अढाइसय सिलिन्डर उत्पादन हुन्छ । उक्त उद्योगका व्यवस्थापक लेखनाथ भट्टराइले भन्नुभयो, “विद्यूतको नियमितता भएमा अढाईसय सिलिन्डर उत्पादन हुन्छ । ”यसैगरी जिल्लाको टिकुलीगढमा लुम्बिनी अक्सिजन प्रा।लि।ले दैनिक ३०० सिलिण्डर उत्पादन गर्दछ । उद्योगका व्यवस्थापक अर्जुन क्षेत्रीले भन्नुभयो, ‘२४ घण्टामा प्राविधिक समस्या भएन भने ३०० उत्पादन हुन्छ । एउटा सिलिन्डरमा १० के।जी अक्सिजन हुन्छ । ” सेमरहवामा रहेको शंकर अक्सिजन उद्योगका व्यवस्थापक अविनाश रेग्मीका अनुसार उक्त उद्योगले दैनिक ६०० सिलिन्डर उत्पादन गर्दछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर