नेपालगञ्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा — OSNepal

नेपालगञ्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा

LC (KTM) July 21, 2021 0

नेपालगञ्ज, ६ साउन – नेपालगञ्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । नगरप्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले हेल्थ डेस्कको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभयो ।

कोरोना, डेङ्गु, मलेरियालगायत सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा राणाले बताउनुभयो । देशभरका १३ वटा नाकामध्ये स्थायी प्रकृतिको हेल्थ डेस्क सञ्चालन भएको नेपालगञ्जमा पहिलो पटक हो ।

नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियनसहितका स्वास्थ्यकर्मी खटिने भएका छन् । भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण (स्क्यानिङ) र आवश्यकताअनुसार अन्य स्वास्थ्य जाँच गरिनेछ । रु ५१ लाख ३१ हजारको लागतमा निर्माण गरिएको हेल्थ डेस्कको केही भाग इलाका प्रहरी कार्यालय जमूनाहलेसमेत प्रयोग गर्ने जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर