प्रदेश १ मा आज पनि थपिए ४६७ जना कोरोना संक्रमीत , ओलीको गृहनगर दमकमै ५० जना भेटीए — OSNepal

प्रदेश १ मा आज पनि थपिए ४६७ जना कोरोना संक्रमीत , ओलीको गृहनगर दमकमै ५० जना भेटीए

LC (KTM) July 21, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि १ हजार ४७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार झापाको दमकमा ५०, विर्तामोडमा ४८, कनकाई र भद्रपुरमा १६–१६, मेचीनगरमा १५, अर्जुनधारामा १४, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा २, झापा गाउँपालिका, बुद्धशान्ति र हल्दिबारीमा १–१ जनामा संक्रमण देखिएको छ ।

मोरङको पथरीशनिश्चरेमा ४१, विराटनगरमा ३२, बेलबारीमा २१, लेटाङमा १७, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कानेपोखरी, धनपालथान, रंगेली र कटहरीमा १–१ जनामा देखिएको छ ।

सुनसरीको इटहरीमा ५०, धरानमा ४७, इनरुवामा ३, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा १०, पाख्रिबासमा ६, शहिदभूमी र छथरमा १–१ जनामा देखिएको छ ।

इलामको सन्दकपुरमा ३, चुलाचुलीमा २, इलाम नगरपालिका, मांसेबुङ र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ५, उदयपुरको बेलकामा २, त्रियुगा र उदयपुरगढीमा १–१, संखुवासभाको खाँदबारीमा २, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार ६५७ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ९० संक्रमणमुक्त भएका छन् । आज ३५७ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ७४ रहेको छ । प्रदेश १ मा आज १ हजार ६०८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२१ महिला र २४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर