दाङ ६ साउन । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको गढवा गाउँपालिका ५ बस्ने ५२ वर्षीय हिरा लाल चौधरी रहेका छन् । निजलाई लाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।
निजले घरबाट करिब ५ सय मिटर टाढा मकैबारीमा लगेर शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको प्रहरीले खुलासा गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।