काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधामा राप्रपाले संसदमा समर्थन वा विरोध गर्ने जनाएका छन् ।
‘राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनु पर्छ भन्ने मान्यता राख्दछ । तर राप्रपा कुनै पनि दलको पुच्छर भएर जाँदैन,’ राप्रपा अध्यक्ष लोहनीले बुधबार भने ।
‘यही मान्यता अनुरुप संसदमा विश्वासको मतदान हुँदा राप्रपा तटस्थ रह्यो,’ लोहनीले ट्वीट गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वास मत प्रमाणित गर्ने समय राप्रपा तटस्थ बस्नुको नीति प्रष्ट पारे ।
अध्यक्ष लोहनीले बताए अनुसार, ‘कुनै दल प्रति पनि आग्रह या पूर्वाग्रह नराखेर राप्रापाले संसदमा गुण–दोषको आधारमा समर्थन या विरोध गर्नेछ ।’