सिमकोट, ३० साउन स् हुम्लाको खार्पुनाथ गाउँपालिका–५ का सुत्केरी दिफकली सार्कीलाई सिमकोट विमानस्थलमा थप उपचारका लागि सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै ।
यो पनि : अविरल वर्षाका कारण डोल्पाको फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध:जाजरकोट, ३० साउन स् अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ । पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय समस्यमा परेका छन् । पालिकाको वडा नं ८ स्थित लामा तरा क्षेत्रमा रहेको तटबन्ध नदीले डुवाउँदा पदमार्ग अवरुद्ध भएको हो । यही बाटो भएर सुलिगाड हुँदै फोक्सुण्डोसम्म जाने गरिन्छ ।
नदीमा पानीको बहाब बढेसँगै कहाँ क्षति भएको छ जाँचबुझ गरेर व्यवस्थापनतिर लाग्ने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । नदी तथा बाढीपहिरोले कुनकुन ठाउँमा पैदलमार्ग क्षति पु¥याएको छ उक्त स्थानमा तत्काल वैकल्पिकमार्गका लागि निकुञ्जले पहल गर्ने पनि अधिकृत भण्डारीले बताउनुभयो ।