काठमाडौं ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहले आफुपक्षीय स्थायी कमिटिको बैठक बोलाएको छ ।
बैठक आज दिउँसो साढे १२ बजे बोलाइएको बताइएको छ । बैठकमा आगामी रणनिति तथा सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल हुने भएको छ ।
कांग्रेस नेतृत्वको सरकारले सरकारमा सहभागी हुन आग्रह गरेपछि आज यस विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।