भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास — OSNepal

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास

LC (KTM) August 11, 2023 0

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज शिलान्यास गर्नुभएको हो ।

जिल्लाको एकमात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको विमानस्थलले जनाएको छ । टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित रु पाँच करोड ४५ लाख लागतमा निर्माण हुने विमानस्थलले जनाएको छ । करिब एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन लागेको टर्मिलन भवन एक वर्ष छ महिनाभित्र निर्माण हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

भवनमा निर्माणको जिम्मा आरवी अर्वन बिल्डर्स एन्ड सप्लायर्स कम्पनीले लिएको प्राविधिकरणले जनाएको छ । यात्रुको चाप बढेको अवस्थामा सय यात्रुले सहज रुपमा टर्मिलन भवनको उपभोग गर्नसक्ने गरी डिजाइन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

करिब एक सय ३२ रोपनी क्षेत्रमा फैलिएको टक्सार विमानस्थल विस ३०३५ अर्थात् आजभन्दा ४५ वर्ष अघिबाट सञ्चालनमा आएको हो । पाँच सय ४५ मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको टक्सार विमानस्थलको धावनमार्ग २०७४ सालबाट कालोपत्र गरी सञ्चालनमा रहेको छ । यो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले भोजपुर–काठमाडौँ उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर