आफ्नो कामबाट मुलुकभर चर्चामा रहेका धरान उपमहानगरपालिाका मेयर हर्क साम्पाङ्गले खानेपानी क्षेत्रलर्ई पनिप्रविधि मैत्रीबनाउन सुरू गर्नुभएको छ । यसअघि खानेपानीको अभाव रहेको धरानमाविभिन्न स्थानबाट पानील्याइव्यवस्थापनगरिरहनुभएकासाम्पाङ्गखानेपानीबोर्ड तथा समितिहरूलाई पनिप्रविधिमैत्रीबनाउन सुरू गर्नुभएको हो । यसै क्रममा धरानखानेपानीब्यबस्थापनबोर्ड र देशभरकाखानेपानी समितिहरूलाई डिजिटलाइज गरिरहेको दियालो टेक्नोलोजीजप्रा.लिबिचबोर्डलाई अटोमेशनमा लैजानसम्झौताभएको छ । सम्झौतापत्रमादियालो टेक्नोलोजिजकातर्फबाट चिफबिजनेस अफिसर रोशनगौतम र धरानखानेपानीबोर्डकातर्फबाट भेषराजअधिकारीले हस्ताक्षर गर्नुभयो ।
सम्झौतासँगै खानेपानीबोर्डमा क्लाउडमा आधारित बिलिङ, लेखाब्यबस्थापन सफ्टवेयर वाटमार्क प्रयोग गरि पूर्ण अटोमेशनमालगिनेछ । उपभोक्ताले खानेपानीको महशुल घरबाटै तिर्न सकिने अनलाइनभुक्तानी सुविधाको मेयर साम्पाङ्गले यसअघि नै उद्घाटन गरिसक्नुभएको छ । मेयर साम्पाङ्गले ग्राहकउपभोक्ताहरुलाई राहतदिलाउनखानेपानीबोर्डको कामलाई पनिप्रविधियुक्तपूर्ण अटोमेशनमा लैजाने बताउनुभयो । यस्तै धरानखानेपानीबोर्डकाकार्यकारी निर्देशक राजु पोखरेललेअबदेखि पानीको महशुलइसेवा, खल्तीवाफोन पेको माध्यमबाट घरबाटै तिर्न सकिने बताउनुभयो ।
हालसम्मकरिब ८ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशनगरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहितवाटरमार्क सफ्टवेयरविकास गरेको हो । स्मार्ट वाटर प्रविधिको धरानखानेपानीबोर्डमाविस्तार गर्न सम्झौतागरिएको हो ।
करिब दशवर्ष अगाडी स्थापनाभएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ । दियालोले मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्गव्यवस्थापन, एसएमएस प्रणाली,अनलाइनभुक्तानी,लेखा प्रणाली,जिन्सीव्यवस्थापन,मानव संशाधनव्यवस्थापन प्रणाली,एन.आर.डब्लु ः (पानी चुवाहट विश्लेषण )प्रविधि,ल्यावव्यवस्थापन प्रणाली,पम्प कन्ट्रोल प्रणाली,ग्राहकगुनासो व्यवस्थापन,भूमिगतपानीको तहविश्लेषण,मोबाईल एप्लीकेशन,इलेक्ट्रो म्याग्नेटिक पm्लोमिटर,ट्याङ्कीको पानीतहमापनप्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ । यी प्रणाली नेपालमाखानेपानी क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षागरिएको छ ।