सप्तरीमा बढ्दै कोरोना,वैशाख महिनामा मात्र २० जनाले ज्या न गुमाइसके — OSNepal

सप्तरीमा बढ्दै कोरोना,वैशाख महिनामा मात्र २० जनाले ज्या न गुमाइसके

LC (KTM) May 15, 2021 0

राजविराज, १ जेठ- सप्तरीमा दैनिक रुपमा कोरोना सङ्क्रमित बढ्दै गइरहेका बेला यहाँ भिटिएम (सङ्कलित स्वाब राख्ने भाँडो)को अभाव भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार परीक्षणको दायरा बढाउने क्रममा भिटिएम (सङ्कलित स्वाब राख्ने भाँडो)को अभाव भएको हो । दैनिक १८० देखि २०० सम्म स्वाब सङ्कलन गर्दै आएको जनाउँदै अहिले आवश्यकताअनुसार भिटिएम (सङ्कलित स्वाब राख्ने भाँडो) अभाव देखिएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताउनुभयो ।

अब १०० भिटिएम मात्र बाँकी रहेको भन्दै यस विषयमा हामीले प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रलाई जानकारी गराइसकेको उहाँले जानकारी दिनुभयो । तत्काल सप्तरीका लागि करीब पाँच हजार भिटिएमको आवश्यकता रहेको स्वास्थ्य कार्यालय प्रमुख यादवको भनाइ छ ।

भिटिएम आउन ढिलाइ भए स्वाब सङ्कलन कार्य पनि प्रभावित हुन सकिने सम्भावना रहेको जनाउँदै रि–एजेन्ट र एन्टिजेन पनि अभाव हुने देखिएको उहाँले बताउनुभयो । शुक्रबार मात्रै सप्तरीमा ४७ जना थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७०० नाघेको छ ।कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरबाट वैशाख महिनाभित्रमा सप्तरीमा २० जनाले ज्या न गुमाइसकेका छन् । त्यसमध्ये पछिल्ला तीन दिनमा मात्रै ११ जनाको कोरोना सङ्क्रमणबाट मृ त्यु भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर