काठमाडौं । नेकपा ९एमाले०का नेता महेश वस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई एमाले पार्टी छोडेर गए आफुहरुले सम्मान गरेर विदाई गर्ने बताएका छन् ।एमाले छोडेर गए नेपालको पुत्ला नजलाउने बस्नेतले बताएका हुन् । पार्टी भित्र बसेर पार्टी विरुद्ध खेल खेल्नुभन्दा एमाले छोडेर जान ने सुझाब उनले दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटीको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सम्मानजनक वहिर्गमनको प्रस्ताव राख्दै नेपालको सुरक्षामा कोटेश्वर आसपासमा सुरक्षाकर्मीको संख्या बढाएकोमा पनि आपत्ती जनाएका छन् ।
दुई चार वटा पुत्ला जल्यो भन्दैमा तपाईले सुरक्षा बढाउनु भयो रु उनले भने, यदि तपाईले समानान्तर गतिविधि कायम राख्नुभयो भने छोड्दैनौं । उनले भनेका छन् ‘तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोडनुस्। हामी पुत्ला जलाउँदैनौं। सम्मानजनक बिदाइ गर्छौ।