काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी भतरमणि पौडेललाई छ लाख रुपैया राशीको पुरस्कार घोषणा गरिएको छ । गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा पौडेललाई उक्त पुरस्कारको घोषणा गरिएको हो । पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ ।
भट्टराईले व्यक्तिगत रुपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी छ लाखको पुरस्कार घोषणा गरिएको हो ।
जिल्लाको उदाउदो कलाकारलाई प्रोत्साहन र सम्मान स्वरुप पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए । पौडेल अहिले कमेडी च्याम्पियनको टप ६ मा प्रतिस्पर्धा गरिरहेका छन् ।