प्रदेश १ मा घट्दै गएको कोरोना फेरी बढ्यो , आजै भेटिए ६३५ संक्रमीत , मोरंगमा फेरी फैलिदै छ संक्रमण — OSNepal

प्रदेश १ मा घट्दै गएको कोरोना फेरी बढ्यो , आजै भेटिए ६३५ संक्रमीत , मोरंगमा फेरी फैलिदै छ संक्रमण

LC (KTM) July 20, 2021 0

प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, ते¥हथुममा ९, इलाम र धनकुटामा ७–७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७२, बेलबारीमा ५७, पथरीशनिश्चरेमा ५६, केराबारीमा २६, सुन्दरहरैचामा १६, बुढीगंगामा १३, उर्लाबारीमा ८, जहदा, मिक्लाजुङ र स्थानीय तह नखुलेका २– २, रंगेली, रतुवामाई र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ । \

झापाको विर्तामोडमा ४६, भद्रपुरमा ३२, दमकमा २५, मेचीनगरमा १७, कनकाई र अर्जुनधारामा १३–१३, शिवसताक्षीमा १२, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, बा¥हदशी र स्थानीय तह नखुलेका २–२, गौरादह र हल्दिबारीमा १–१ जनामा देखिएको छ ।

सुनसरीको धरानमा ७१, इटहरीमा ५८, रामधुनी र बराहक्षेत्रमा ८–८, इनरुवा र स्थानीय तह नखुलेका ५–५, दुहवीमा ३, ते¥हथुमको म्याङलुङमा ८, स्थानीय तह नखुलेको १ जनामा देखिएको छ ।

इलामको सन्दकपुरमा २, इलाम नगरपालिका, माईजोगमाई, सुर्योदय, माई र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, शहिदभूमीमा २, महालक्ष्मी र पाख्रिवासमा १–१, उदयपुरको चौदण्डीगढीमा २, बेलका र कटारीमा १–१, ओखलढुङ्गाको सुनकोशी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र याङवरकमा १–१, भोजपुरको षडानन्द र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार १९० पुगेको छ । संक्रमित भएकामध्ये ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् । आज ३०७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९७८ रहेको छ । प्रदेश १ मा आज २ हजार ३०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २९३ महिला र ३४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर