लिम्बू भाषाका अन्वेषक फाइवलीको कोरोनाबाट मृत्यु — OSNepal

लिम्बू भाषाका अन्वेषक फाइवलीको कोरोनाबाट मृत्यु

LC (KTM) July 20, 2021 0

झापा, ५ साउन – लिम्बू भाषाका अन्वेषक, नवल फाइवली (नरबहादुर लिम्बू)को कोडिभ–१९को सङ्क्रमणबाट आज मृ त्यु भएको छ ।अर्जुनधारा नगरपालिका–७ मा बस्दै आउनुभएको ८१ वर्षीय साहित्यकार फाइवलीलाई स्वास्थ्यमा समस्या देखिएपछि विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका लागि सोमबार भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको आज मृत्यु भएको हो ।

उहाँले किरात धर्म, संस्कृतिका बारेमा मात्र एक दर्जन बढी कृति प्रकाशित गर्नुभएको पत्रकार दिपीन राईले बताउनुभयो । जसमध्ये आधा दर्जन कृति उहाँले किरात लिपी मै लेख्नुभएको उहाँको भनाइ छ । किरात साहित्य प्रतिष्ठानका पूर्वउपकूलपति फाइवलीका श्रीमती भीमकुमार राई, तीन छोरा र सात छोरी हुनुहुन्छ । उहाँको आजै किरात धर्म संस्कारअनुसार अन्त्येष्टि गरिनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर