काठमाडौं – एन.एफ.आई क्रियसन प्रा.लि प्रस्तुति रहेको शैक्षिक जनचेतनामुलक चलचित्र “ सरी मम” को दुर्ब्यसन बिरुद्धको कार्यक्रममा बिशेश प्रदर्शनी सम्पन्न भएको छ । यो चलचित्र लागुऔषधको कुलतको बिषयमा जनचेतना जगाउने उद्देश्यले लागूऔषध दुव्यर्सन विरुद्धको कथामा चलचित्र तयार गरिएको छ । यो चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई सचेतना जगाउने गर्ने अपेक्षा चलचित्रको रहेको छ ।
त्यही बिषयलाई ध्यानमा राख्दै धापासी जेसीज र टोखा नगरपालिकाको सहकार्यमा यहि २०८० साउन २० गते शनिबार लागुऔषध दुव्र्यसन बिरुद्धको अभियान कार्यक्रममा संगै विशेष शो सम्पन्न गरिएको हो ।
कार्यक्रममा सभापति धापासी जेसीज २०२३ का अध्यक्ष जेसी सुरज अधिकारी प्रमुख अथिति तथा नगर प्रमुख तथा उप–प्रमुख मुरारी तामाङ रहेका थिए । त्यस्तै विशिष्ट अथिति नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सेन बिकाश मानन्धर, विशेष अथिति टोखा नगरपालिका वडा अध्यक्षहरु लगायत शिक्षकहरु लगायत विधार्थीहरु अभिभावकहरु सङै कलाकार प्रभात पाल रेजिना मगर समेत सहभागि रहेका थिए । कार्यक्रम धापासी जेसीज टोखाले आयोजना गरेको थियो ।