एजेन्सी – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन् । पति पक्राउ परेपछि डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ निर्णायक रहेकी शिल्पाले शो छाडेको बताइएको छ ।शिल्पा यो शोको आगामी भागमा देखिने छैनन् । ‘सुपर डान्सर च्याप्टर ४’को आगामी भागको सुटिङ मंगलबार हुनुपर्ने थियो । तर अन्तिम क्षणमा शिल्पाले सुटिङ सेटमा आउन अस्वीकार गरेको बताइएको छ ।
पति राज पक्राउ परेपछि उनी चिन्तित बनेको हुनाले उनी शोमा नआएको हुन सक्ने बताइएको छ । शोको आगामी भागमा शिल्पाको स्थानमा अभिनेत्री करिश्मा कपूरले विशेष निर्णायकको रुपमा आफ्नो उपस्थिति जनाउने बताइएको छ ।
निर्माताले करिश्मा कपूर, गीता कपूर र अनुराग बसुका साथ शोको सुटिङ पुरा गरिसकेका छन् । यसअघि शिल्पाले मे महिनामा शोबाट केही दिनका लागि ब्रेक लिएकी थिइन् । यो बेला उनको स्थानमा मलाइका अरोडा आएकी थिइन् ।