गण्डकी, १९ साउन स् कास्कीको पोखरा महानगरपालिका(१७ घारीपाटन स्थित हिमालय आँखा अस्पतालमा बिरामीको भीड । भारइल इन्फेक्सन र ब्याक्टेरियाको कारण आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै अस्पतालमा विरामीको चाप बढेको छ ।
यो पनि : दोलखामा पहिरोमा परी एक बालकको मृत्यु, बेपत्ता भएका तीन जना अझै भेटिएनन्:दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।
गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताउनुभयो । सो पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइयको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।