दाङका महिलाले व्यावसायिक रुपमा सुरु गरे गोलभेंडा खेती — OSNepal

दाङका महिलाले व्यावसायिक रुपमा सुरु गरे गोलभेंडा खेती

LC (KTM) August 04, 2023 0

दाङ, १९ साउन ः दाङको घोराही उपमहानगरपालिका–१३ प्रगती टोलमा व्यावसायिक रुपमा गरिएको गोलभेंडाखेतीमा गोलभेंडाको बोटलाई व्यवस्थित गर्न डोरीको झाल बनाउँदै स्थानीय महिला कामदार ।

यो पनि : एकीकृत समाजवादीको बैठक सुरु : नेकपा ९एकीकृत समाजवादी०को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो ।

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टीको महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताउनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर