कोरोनाबाट आज २५ जनाको निधन, हालसम्म ९ हजार ६०७ जनाको निधन — OSNepal

कोरोनाबाट आज २५ जनाको निधन, हालसम्म ९ हजार ६०७ जनाको निधन

LC (KTM) July 20, 2021 0

काठमाडौं । मंगलबार नेपालमा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा निरन्तर घटीरहेको कोरोना संक्रमण मंगलबार ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण गरिएको थियो । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार आज कोरोनाबाट थप २५ जनाको निधन भएको छ । आजका २५ सहित कोरोनाबाट निधन हुनेको संख्या ९ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर