काठमाडौं ५ साउन । प्रधानमन्त्री शेर वहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भेटन खुमलटार स्थित प्रचण्ड निवासमा अहिले केहि बेरमा बुझिएको छ ।
आज मात्रै देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । भेटमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको थियो । भने पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगबाट गरेको सबै नियुक्तीहरु खारेज गर्ने सहमति समेत भएको थियो ।
विपक्षी दलको समर्थनमा प्रधानमन्त्री बनेका देउवा साझा सरकार सञ्चालन गर्न सबै दलहरुलाई आग्रह गर्दै आएका छन् ।