काठमाडौँ ५ साउन । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा बनेको सबै नियुक्तिहरु खारेज हुने भएको छ ।
आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरू खारेज गर्ने सहमति भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलबिच ओली सरकारले नियुक्त गरेका सबै नियुक्ती खारेज गरेर साझा रुपमा सरकार चलाउने विषयमा छलफल भएको जनाइएको छ ।
विपक्षी गठबन्धनले गर्दा प्रधानमन्त्री बनेका देउवा सबै दलहरुलाई सरकारमा लाने तयारी गरिरहेका छन् । एमालेका अर्का वरिष्ठ नेतत मधव नेपाल समुहलाई समेत देउवाले सरकार जान आग्रह गर्दै आएका छन् । त्यस्तै जनता समाजवादी पार्टी पनि सरकारमा जान तयार भएको छ । उपेन्द्र यादव समुह साउन १० पछि मात्र सरकारमा जाने जनाएको छ ।
आज बिहान मात्र नेपाल , प्रचण्ड र यादव बिच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको थियो । भेटवार्तामा देउवा नेतृत्वको सरकारमा कसरी मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।