बैंकिङ कसूर मुद्दामा फरार टोखाका मिलनसहित देव नारायण महर्जन पक्राउ — OSNepal

बैंकिङ कसूर मुद्दामा फरार टोखाका मिलनसहित देव नारायण महर्जन पक्राउ

LC (KTM) July 20, 2021 0

काठमाडौं ५ साउन । बैंकिङ कसूर मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका २ बस्ने ४८ वर्षीय मिलन डंगोल र काठमाडौं महानगरपालिका २२ घर भई सोही महानगरपालिका १३ बस्ने ६३ वर्षीय देव नारायण महर्जन रहेका छन् ।
आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा जान्दा जान्दै पनि पीडितहरूलाई भ्रममा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका विभिन्न रकमका चेकहरु काटी फरार भएका थिए ।

उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका मिलनलाई टोखाबाट र बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका देव नारायणलाई कलंकीबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

उनीहरूलाईफैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर